घाइते मन मेरो चलाई दियौ
मायाको मन्दिर नै ढलाई दियौ !!
मायाको मन्दिर नै ढलाई दियौ !!
तिमीलाई अपार माया गर्थे
दिनु सम्म धोका मलाई दियौ !!
दिनु सम्म धोका मलाई दियौ !!
तिमि संग हाँसेरै बाच्न चाहन्थें
यि आँखा भरि आँशु तलाई दियौ !!
यि आँखा भरि आँशु तलाई दियौ !!
बेर्थै मुटु मेरो छिया छिया जलाई दियौ
अमृतको साटोमा बिष पिलाई दियौ !!
अमृतको साटोमा बिष पिलाई दियौ !!
तिमीलाई सम्झी मेरो पिडा यसरी रोह्यो
घाइते भनि दोबाटोमा मलाई छोडी दियौ !
घाइते भनि दोबाटोमा मलाई छोडी दियौ !
No comments:
Post a Comment