Thursday, 7 November 2013

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है
मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है

तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई
ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है

आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि
तिमी झर्को न मानिकन बारबार दिदै गर्नु है

मेरो रहरको जिवीका चल्नै छाड्यो रे यो मुटुमा
म र मेरो रहर बाँच्न तिम्रो संसार दिदै गर्नु है

झम्काभेट नहुनु थियो,भयो,अब भएपछि
सेरुलाई भुलाउन सौंदर्यको बजार दिदै गर्नु है    !!!
pradesi  ko kabita 
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
एकान्त यो मनमा फेरी याद आयो हजुर को!!
 अशान्त यो मनमा फेरी याद आयो हजुर को!!
 साँझ पख पर्खि बसे बाटो हेरी हेरी !!
 कुहिरो आई छेकी दियो कित् माया हजुर को!!
 माया गर्छु भन्ने हुन्छन धेरै साथ दिने हुन्न कोहि!
 ढुख मन को बुजिदिने पाएको छु मात्र हजुर को!!

No comments:

Post a Comment