Saturday, 28 September 2013

कुवेतमा कामदार नेपाली महिला बलत्कृत भएपछि पेटमा बोकेको बच्चा।

  कुवेतमा कामदार नेपाली महिला बलत्कृत भएपछि पेटमा बोकेको बच्चा।
Published by- www.kumaryakha.com    |   From- Doha Qatar     |     September 28, 2013    |     100 VIEWS
 
 
  Watch Program Video

 Slideshow


 

Monday, 23 September 2013

प्रचण्डको ठाडो आदेशमा फर्किन्नः राजदूत शर्मा

७ असोज, काठमाण्डौ । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले एमाओवादी अध्यक्ष प्रचण्डको ठाडो आदेशमा आफु राजीनामा दिएर फिर्ता नआउने बताउनुभएको छ । ‘म अहिले एमाओवादी कार्यकर्ता हैन, मुलुककै प्रतिनिधि हुँ’ शर्माले अनलाइनखबरसँग टेलिफोनमा भन्नुभयो-’उहाँको ठाडो आदेश मानेर राजीनामा दिएर फिर्ता आउन मेरो गरिमाले दिन्न ।’
mayakumari-sharma-266x300
आफु संसदीय सुनुवाईको प्रकृया पार गरी राष्ट्रपतिबाट नियुक्त भएकाले प्रचण्डप्रति जवाफदेही हुन नसक्ने उहाँको भनाई थियो । ‘औपचारिक प्रकृयाबाट गरिने सवै कारवाही फेस गर्न तयार छु, मैले कुटनीतिक मर्यादा बिपरित काम गरेकी छु भने महाअभियोग लगाएर मलाई बर्खास्त गरियोस्’ शर्माले भन्नुभयो-’षडयन्त्रपूर्वक मलाई हटाउन खोजिएको छ, त्यसको डटेर सामना गर्छु ।’ गैरकुटनीतिक आचरण देखाएको भन्दै आलोचना खेपीरहेकी शर्मालाई हालै एमाओवादी अध्यक्ष प्रचण्डले टेलिफोन गरी राजीनामा गरेर फिर्ता आउन सुझाव दिनुभएको थियो । ‘उहाँलाई पनि दलालहरुले प्रभावमा पारेछन’ शर्माले भन्नुभयो-’मैले सुधारको काम गरेको देखेर आत्तिएका दलालहरुले यहाँदेखि केन्द्रसम्मै प्रभाव पारेका छन, त्यसमा एमाओवादी अध्यक्ष प्रचण्ड पनि पर्नुभयो ।’ आफुलाई ‘राजनीतिभित्रको राजनीति’को सिकार बनाइएको भन्दै शर्माले त्यो राजनीति बुझ्न र शक्तिकेन्द्रहरुलाई खुसी पार्न नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ‘हो मैले दलालहरुसँग मिलेर पैसा कमाउन र शक्ति केन्द्रहरुलाई ‘पत्रम् पुष्पम्’ गर्न सकिन’ शर्माले भन्नुभयो-’मेरो कमजोरी यत्ति हो, त्योबाहेक मैले केही गल्ती गरेकी छैन् ।’ कतारले आफुलाई फिर्ता बोलाउन पत्र लेखेको कुरा पनि झुट भएको शर्माको दावी छ । ‘अहिले पनि म यहाँका मन्त्रीहरुसँग अपोइन्टमेन्ट लिएर भेटिरहेकी छु, उहाँहरुले त्यस्तो केही भन्नुभएको छैन’ शर्माले दावी गर्नुभयो-’कतारले पत्र लेख्यो भन्ने सवै झुट हो, त्यस्तो पत्र लेखेको छ भने सार्वजनिक गरे हुन्छ ।’ आफु परराष्ट्र नेतृत्वबाट पनि पिडीत भएको भन्दै शर्माले हुँदै नभएको कुरालाई मिडियामा सार्वजनिक गर्ने काम गरिएको बताउनुभयो । ‘मसँग नियमित तरिकाले भएका कुराकानीलाई उहाँहरुले मायाकुमारीसँग मौखिक स्पष्टीकरण सोधियो भनेर प्रजारबाजी गरिदिनुभयो ।’ शर्माले भन्नुभयो-’फेरी अहिले कतारले पत्र लेखेरै फिर्ता बोलाउन भन्यो भनेर प्रचारबाजी गरियो, यो सवै झुट हो 

Related posts:

Friday, 20 September 2013





कतारमा नेपालीले जिते १ लाख रियाल

कतारमा नेपालीले जिते १ लाख रियाल

कतार  । कतारमा एक नेपाली कामदारले १ लाख रियाल अर्थात करिब  २७ लाख रुपैयाँ को चिठ्ठा जितेका छन् ।
स्थानीय भोडाफोन कम्पनीले ‘वल्र्ड अफ प्राइज’ शीर्षकमा आयोजना गरेको लक्की ड्रमा नेपाली कामदार बलराम स्याङ्त्यानले १ लाख कतारी रियालको पहिलो पुरस्कार जितेका हुन् । जुन ३० बाट सुरु भएको ‘वल्र्ड अफ प्राइज’ कार्यक्रममा सहभागी लाखौं ग्राहकबाट लक्की ड्रमार्फत् कतारको दोहामा बुधबार बितेता घोषणा गरिएको थियो । अन्य बिभिन्न देशका नागरिकले टोयोटा कार, मोबाइल, टेलिभिजन लगायतका पुरस्कार हात पारे । भोडाफोन कतारको दोस्रो ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी हो ।
कतारमा ठूलो धनरासीको पुरस्कार नेपालीले जितको यो दोस्रोपटक हो । यसअघि गत बैशाखमा कतारको दोहा बिमानस्थलको ड्युटी फ्री पसलमा चिठ्ठा किन्दा  कास्कीका डिल्लीराम पराजुलीले १० लाख अमेरिकी डलर (करिव ८ करोड रुपैयाँ) को चिठ्ठा जितेका थिए ।


Tuesday, 17 September 2013

यी बच्चाहरुको दोष के थियो र ?

यी बच्चाहरुको दोष के थियो र ?????यी बच्चाहरुको दोष के थियो र ? यो फोटो देख्नासाथ मेरो मुटु नै थर्किन्छ र कता कता डर लागे झैं हुन्छ, अनि एक्कासी आङ स्रिङङ भएर...

Wednesday, 11 September 2013

Saturday, 7 September 2013

Nepali Movie Natiza(The Result) , Dasain Aayo.

'Dasain Aayo' From The Movie Natiza(The Result).
Natiza is an upcoming Nepali movie that has just finished its shooting.The film is by Pramod Bhandari.
Directed by Pramod  Bhandari, Natiza has Harshika Shrestha and debut artist Sohit Manandhar in the lead roles.Harshika who already had worked in a dozen of movies has this time exposed her hot body more than ever.There was a rumour regarding her exposure that her boyfriend left her because of glamour in this movie.
Whatever for now watch ;Dasain Aayo from the same movie Natiza"The Result"


Like ·  ·  · 4 minutes ago via Mobile · 

Rukana Yo Raat | Rija Upreti | New Nepali Song


Rukana Yo Raat | Rija Upreti | New Nepali Song


Balindhara Aashu sari - RINGROAD



Mero Dilma Atom Bomb by Anjana Gurung

Nepali song: Mero Dilma Atom Bomb by Anjana Gurung
Song - Mero Dilma Atom Bomb Vocal - Anjana Gurung Lyrics - Shankar Adhikari Ghayal Music - Bikash Chaudhary Company - Tika Gopal Digita

hanna hau soltini yekaichhin nachuna

Hanna hau soltinee - My Promise

भिडियो हेर्नुहोस् 
a Film By Suraj Subba Nalbo Film: My Promise Actor: Keki Adhikari/ Wilson Bikram Rai/ Ramesh Chandra Rai/ Nar Kumar Limbu/ Anurag Kunwar/Daya Rai/ SHova Subba/ Martin Khan/ Anjana rai Film Editor: Banish Shah DI Colorist: Manoranjan Shrestha Vfx: Akki Music/Lyrics: Mahesh Khadka Singer: Rajesh Payal Rai/Rajina Rimal Action Choreographer:Roshan Shrestha Background Score: Mohit Munal 5.1 Surround Sound Mixing: DJLX Choreographer: Gobind Rai Cinematographer: Sanjay Lama Producer: Tank Limbo TNRG Production PVT

 Songs by kumar yakha septembert 7th 2013

भिडियो हेर्नुहोस् 

nepali film 2013 (rawan)


Cast : Rekha Thapa, Kishor Budhathoki Genres: Action , Comedy , Romace,


Friday, 6 September 2013




nepali song


जनतामा झुट र भ्रम बाँडेर चुनाव जितिँदैन : कोइराला

जनतामा झुट र भ्रम बाँडेर चुनाव जितिँदैन : कोइराला

sushil-koirala-150x150[1]बाँके, २१ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुक अब निर्वाचनमय भएकाले कसैले चाहँदैमा  चुनाव रोकिँदैन भन्नुभएको छ  । आफ्नो  निवासमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानीमा सभापति कोइरालाले भन्नुभयो– “निर्वाचनको विपक्षमा उभिएका दलका नेतालाई सहमतिमा ल्याउने प्रयास अन्तिम समयसम्म हुन्छ, यदि उहाँहरु सहमतिमा आउनुभएन भने पनि अब निर्वाचन रोकिँदैन ।” “निर्वाचन प्रक्रियाका विपक्षमा उभिएका नेकपा–माओवादीलगायत दलका माग सम्बोधन गरेर निर्वाचन गरे हुँदैन र”  भन्ने राससकर्मीको जिज्ञासामा उहाँको भनाइ थियो–“निर्वाचनका लागि तोकिएको मिति सार्ने र सरकार विघटनबाहेक हामीले अरु माग सम्बोधन गर्ने भनेकै छौँ ।”
सभापति कोइरालाको थप भनाइ थियो, “अन्तर्राष्ट्रिय समुदायसमेत निर्वाचनमा सहयोग गर्न तत्पर रहेको अवस्थामा कसैले अराजनीतिक तथा अलोकतान्त्रिक माग प्रस्तुत गरेर निर्वाचनको विपक्षमा आफूलाई उभ्याउँछ भने नेपाली जनताले नै उनीहरुको बहिष्कार गर्छन् ।” नेपाली जनता अहिले धेरै सचेत भइसकेको र तिनले दलको भूमिकालाई राम्रोसँग मूल्याङ्कन गरेको हुँदा झुट र भ्रम बाँडेर कुनै दलले पनि चुनाव जित्न नसक्ने उहाँको ठम्याइ छ । “तपाईँलाई बाँके जिल्लाको क्षेत्र नं १ र ३ बाट निर्वाचन लड्न क्षेत्रीय समिति बैठकले सिफारिस गरेको छ, कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ” भनी सोधिएको प्रश्नमा सभापति कोइरालाको जवाफ थियो–‘अन्य धेरै जिल्लाका साथीले पनि चुनावमा उठ्न अनुरोध गरेका छन्, कहाँबाट उठ्छु मैले अहिले निर्णय गरिसकेको छैन ।”
पार्टीमा त्याग, सङ्घर्ष गरेका तथा सक्रिय  कार्यकर्तालाई मात्र प्रत्यक्ष तथा समानुपातिक  स्थान दिइने स्पष्ट पार्दै उहाँले नेताको पछि पछि मात्र लाग्ने, अरु बेला पैसा कमाउन अन्य व्यवसाय गर्ने तर चुनाव आयो भने टिकटका लागि ढोका चाहार्नेलाई कुनै पनि हालतमा टिकट दिइने छैन भन्नुभयो । “टिकट नपाएर विद्रोह गर्ने, अन्तर्घात गर्ने र विपक्षमा उभिने कार्यकर्तालाई पार्टीको विधानअनुसार तत्काल कारबाही हुन्छ”, सभापति कोइरालाको चेतावनी थियो ।

अब भिसा शुल्क बढ्ने

अब भिसा शुल्क बढ्ने

काठमाडौं, २१ भदौ । ठूला र शक्तिशाली मुलुकले नेपालीसँग चर्को भिसा शुल्क लिन थालेपछि सरकारले पनि भिसाशुल्क बढाउन गृहकार्य थालेको छ । अमेरिकी र युरोपेली मुलुकका नेपालस्थित दूतावासको आम्दानीको मुख्य स्रोत उनीहरुले लिने भिसा शुल्क बनेको छ ।
ती मुलुकले एक सय ६० अमेरिकी डलर (१७ हजारभन्दा बढी रुपैयाँ) देखि चारसय ५० अमेरिकी डलर (४८ हजारभन्दा बढी रुपैयाँ) सम्म भिसाशुल्क लिने गरेका छन् । त्यसको तुलनामा विदेशमा रहेका नेपाली दूतावासले लिने भिसाशुल्क निकै सस्तो रहेकाले पुनरावलोकन गर्न सरोकार निकायबीच छलफल भइरहेको छ ।
अध्यागमन विभागले नेपाल प्रवेश गर्ने पर्यटकका लागि १५ दिनको २५ अमेरिकी डलर (दुई हजार सात सय), ९० दिनको लागि एकसय अमेरिकी डलर (१० हजार आठसय) सम्म भिसाशुल्क लिने गरेको छ । तर अमेरिका जाने नेपालीले सबैभन्दा छोटो भ्रमणका लागि एक सय ६० अमेरिकी डलर र बेलायत जानेले एक सय २० स्टर्लिङ पाउन्ड (१६ हजार दुई सय रुपैयाँ) भिसा शुल्क तिर्नुपर्छ ।
यसरी विदेशमा जानका लागि भिसाशुल्क बढी तिर्नु पर्ने भएकाले नेपालले पनि बढाउन लागेको हो । त्यसका लागि मित्रराष्ट्रहरुसँग कुटनीतिक पहल भइरहेको परराष्ट्रका प्रवक्ता दीपक धितालले बताए।’ विदेशीसँग लिने शुल्क न्यून भएकाले बढाउनुपर्ने बेला आएको छ,’ उनले भने

बालविवाहका घटना बढ्न थालेपछि विद्यालय हाताभित्र मोबाइल प्रयोगमा रोक

बालविवाहका घटना बढ्न थालेपछि विद्यालय हाताभित्र मोबाइल प्रयोगमा रोक

mobileकालीकोट, २१ भदौ । विद्यालयमा मोबाइल प्रयोगका कारण बालविवाहका घटना बढ्न थालेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटले विद्यार्थीलाई विद्यालय हाताभित्र मोबाइल प्रयोग गर्न निषेध गरेको छ । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले जिल्लाका कुनै पनि निमावि र मावि तहका विद्यार्थीले पठनपाठनको समयमा विद्यालय हाताभित्र मोबाइल प्रयोग गरेमा जफत गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई निर्देशन दिएको बताउनुभएको छ ।
उहाँका अनुसार जिल्लामा पछिल्लो समयमा निमावि र मावि तहका विद्यार्थीले र विद्यालय हाताभित्र मात्र नभई कक्षाकोठामा समेत मोबाइल प्रयोग गर्ने गरेको आवाज उठ्न थालेको थियो । यसअघि पनि विभिन्न विद्यालयले आचारसंहिता बनाई मोबाइल प्रयोगमा रोक लगाए पनि  विद्यार्थीले बेवास्ता गरेका थिए । यस पटक जिल्ला शिक्षा कार्यलयले समेत निर्देशन दिएकाले कार्यान्वयन हुने वा नहुने भन्ने कुरा हेर्न बाँकी रहेको अभिभावकले बताएका छन्  ।
अभिभावकले आफ्ना छोराछोरीलाई रहरका लागि मोबायल किनिदिने प्रचलन बढेको छ । तर यसको नियन्त्रणमा भने ध्यान नदिँदा भविष्यमा ठूलै समस्या आउने देखिन्छ । अभिभावकहरु आफ्ना बालबालिकाको पढाइका बारेमा बुझ्न विद्यालयमा कहिले पनि नआएका शिक्षकहरु बताउँछन् ।
नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागार्इंले शिक्षा क्षेत्रको समग्र अवस्थाका बारेमा शिक्षक मात्र होइन अभिभावक र सरोकारवाला निकायले गम्भीर रुपले सोच्न आवश्यक छ भन्दै शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

Thursday, 5 September 2013

मजदुर आन्दोलनका कारण दक्षिण अफ्रिकाका सुनखानी बन्द

मजदुर आन्दोलनका कारण दक्षिण अफ्रिकाका सुनखानी बन्द

जोहानेसबर्ग, १८ भदौ । दक्षिण अफ्रिकामा रहेका सुनखानी मजदुर आन्दोलनका कारण मंगलबार बन्द गरिएको समाचार छ । प्राप्त समाचारमा दक्षिण अफ्रिकाका दशौँ हजार खानी मजदुरले त्यहाँका सबै सुनखानी बन्द गर्ने कार्यक्रम राखेका र सोही अनुरुप आजका लागि ती खानीबाट सुन उत्पादनको काम हुन नसकेको हो । उनीहरुले मजदुरहरुले ज्यालामा बृद्धिका साथै आफ्नो व्यवसायिक एवम् सामाजिक सुरक्षाको मागगर्दै ती खानीमा मङ्गलबार काम नगर्ने घोषणा हिजो नै गरेका थिए ।
मजदुर र ती खानीका मालिकका साथै सरकारी प्रतिनिधिसँग भएको सोमबारको वार्ता बिना निश्कर्ष टुङ्गिएको भन्दै सरकारलाई दबाब दिनका लागि सो आन्दोलन गरिएको दक्षिण अफ्रिकाका मजदुर नेताहरुले जनाएका छन् । दक्षिण अफ्रिकाका एक लाख २० हजार भन्दाबढी मजदुरको प्रतिनिधित्व गर्ने सबै मजदुर सङ्गठनहरुले सो आन्दोलनका लागि समर्थन गरेका छन् ।
दक्षिण अफ्रकाको प्रमुख अर्थतन्त्र सुनखानी रहेको छ । हरेक दिन यस्ता खानीमा उत्पानको काम नहुँदा त्यहाँ लाखौँ डलर बराबरको क्षति पुगेको अधिकारीहरु बताउँछन् 

मलेसियाबाट ६५ हजार नेपाली फर्काइँदै

मलेसियाबाट ६५ हजार नेपाली फर्काइँदै

काठमाडौं, १३ भदौ । मलेसीया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आइतबारदेखि पक्राउ गर्ने घोषणा गरेको छ। यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसीयामा ६५ हजारभन्दा बढी प्रभावित हुने छ। गतवर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्ष्य गरेर मलेसियाले यस्तो घोषणा गरेको हो।
मलेसियामा विभिन्न देशका करि २० लाख भन्दा बढी कामदार अवैध रूपमा बसिरहेको अनुमान छ।

रोजगारीमा जाने महिलाको संख्या बढ्दै

रोजगारीमा जाने महिलाको संख्या बढ्दै

baideshik rojagarइलाम, १९ भदौ । स्थानीय तहमा रोजगारीको अवसर नपाउँदा र घरखर्च चलाउने आयस्रोत नहुँदा विदेशिने महिलाको संख्या बढ्दै गएको छ । बढ्दो बेरोजगारीका कारण यहाँका महिला धेरै कमाउने सपना बुनेर खाडी राष्ट्र जाने गरेका छन् । आमचोक–५ की सुस्मिता राई पैसा कमाउनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ । राहदानी बनाउन आएकी सुस्मिताले गाउँमा केही गरौँ भने छैन, आम्दानीको अरू बाटो नभएकाले विदेश जान लागेको बताउनुभयो ।
पुर्वाझुवा–३ की तुलादेवी थापा राहदानी बनाएर विदेश हिँड्न तयारीमा हुनुहुन्छ । घरमा आर्थिक अभाव र आम्दानीको अन्य स्रोत नभएकाले बाहिरी देश जानुपरेको उहाँले बाध्यता सुनाउनुभयो । घरमा थन्किएर बस्नुभन्दा विदेश गएर पैसा कमाउँदा परिवारको गुजारा चलाउन सजिलो हुन्छ भन्ने बुझेर विदेशिन लागेको उहाँको भनाइ छ । इजरायल र कोरिया जाने महिलाले मासिक रु ५० हजारदेखि एक लाखसम्म कमाउने गरेका छन् ।
धेरै महिला अहिले आर्थिक अभाव र परिवार चलाउनका लागि भएपनि इजरायल, मलेसिया, कतार, कुवेत, साउदी अरबलगायत देशमा काम गर्न जाने गरेका छन् । अविवाहित कतिपय महिला रहरले पनि विदेश गएका हुन्छन् तर विवाहित भने घरपरिवार चलाउन विदेश जाने भन्दै राहदानी बनाउन आउने गरेको जिल्ला प्रशासन कार्यालय इलामका राहदानी फाँटका नायव सुब्बा विनोदबाबु विसीले बताउनुभयो ।
यहाँबाट गत साउन महिनामा ७२ महिलाले राहदानी बनाएका छन् । यस्तै भदौ महिनाको १७ सम्ममा ३२ महिलाले राहदानीका लागि प्रशासनमा निवेदन दिएका छन् । राहदानी वितरणबाट चालु आबको डेढ महिनामा रू ५४ लाख ९५ हजार राजस्व सङ्कलन भएको छ ।
जिल्लाको बाँझो, चुलाचुली, महमाई, आमचोक, पुर्वामझुवा गाविसका महिला बढी विदेशिएका छन् । विदेश जानेमा सबैभन्दा बढी आदिवासी जनजाति महिला बढी रहेको प्रशासनले जनाएको छ । राहदानी बनाउनेमध्ये दैनिक १०/१५ जना महिना नै हुन्छन्, विगतको तुलनामा महिलाको सङ्ख्या पनि थपिँदै गएको विसीले बताउनुभयो ।
विसं २०६८ कात्तिक २५ देखि जिल्ला प्रशासन कार्यालय इलामबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण हुन् थालेको हो । एमआरपी वितरण सुरू गरेयता प्रशासनबाट नौ हजार ६१ जनाले लिइसकेका छन् ।
जिल्लाबाट हालसम्म २१ हजार ४०० भन्दा बढी युवायुवती विदेशिएको एक तथ्याङ्कले देखाएको छ 

मलेसियामा अलपत्र दुई महिलालाई फर्काउन अपिल

मलेसियामा अलपत्र दुई महिलालाई फर्काउन अपिल

malaysiaचितवन, १६ भदौ । मलेसियामा वैदेशिक रोजगारमा गएका चितवनकी जुनु तामाङ र बारा जिल्लाकी ज्ञानु रानालाई सुरक्षित स्वदेश फिर्ताका लागि पीडितका आफन्तहरूले माग गरेका छन् । आइतबार चितवनमा पत्रकार सम्मेलनमार्फत पीडित पक्षले आफन्तको सुरक्षित स्वदेश फिर्ताका लागि नेपाल सरकार समक्ष माग गरेका हुन् । चितवनकी जुनु तामाङ आठ महिनाअघि साकुरा एसोसिएट्स प्रालिका सञ्चालक राजेश अर्याल र रामचन्द्र अधिकारीमार्फत वैदेशिक रोजगारमा गएका थिइन् ।
विदेशमा रु ४५ हजार मासिक तलब दिने प्रलोभनमा पारी मलेसिया लगे पनि अहिलेसम्म रोजगारी नदिएको र अन्यलाई तलबसमेत नदिएको आफन्तको गुनासो छ । उनीहरूसँगै देशका विभिन्न स्थानका गरी नौ जना गत पुस ५ गते मलेसिया पुगेका थिए ।
कम्पनीले तोकिएको रकम नदिएको र आठ महिना बितिसक्दा तीन महिनाको मात्र तलब दिएको पीडित पक्षको गुनासो छ । कम्पनीलाई तोकिएको रकम माग्दा दुव्र्यवहारसँगै जेल हाल्ने धम्की दिएको पीडित जुनु तामाङका श्रीमान् द्रोण केसीले बताउनुभयो ।
उहाँले म्यानपावरसँग तामाङ र रानालाई स्वदेश फर्काउन माग गरे पनि उनीहरूले आलटाल गरिरहेको केसीको भनाई छ । यही भदौ १० गतेभित्रमा नेपाल फर्काउने सहमति भएको थियो, तर अझै कुन पहल भएको छैन –केसीले भन्नुभयो 

झापाकी महिलाले चार बच्चा जन्माइन्

झापाकी महिलाले चार बच्चा जन्माइन्

bachaविराटनगर, २० भदौ । झापाकी एक महिलाले बिहीबार विराटनगरमा चार बच्चालाई जन्म दिएकी छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा सफल शल्यक्रिया मार्फत उनले ३ छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । झापा धुलाबारी बस्ने  २६ वर्षीया दीपा भट्टराईले आज यहाँ आधा घण्टाको सफल शल्यक्रियापछि चार बच्चालाई जन्माएकी हुन् ।
अस्तापलकी प्रसूति रोग विषेशज्ञ चिकित्सक शान्ती सुवेदी, सविना लामिछाने, परिनिता थापा, वर्षा अग्रवाल र बालरोग विशेषज्ञ अरुण गिरीको संयुक्त टोलीले शल्यक्रियाबाट बच्चा निकाल्न सफल भएको हो । ती बच्चाहरुमध्ये २ छोराको तौल १ किलो २ सय ग्राम, अर्का छोराको तौल १ किलो ग्राम र छोरीको तौल ८ सय ग्राम रहेको चिकित्सकहरुले बताएका छन् ।
चारमध्ये ३ छोरा अहिलेसम्म स्वस्थ रहेको भए पनि छोरीको निकै कम तौलको रहेको र श्वासप्रश्वासमा समस्या भएको बालरोग विशेषज्ञ अरुण गिरीले बताउनुभयो । उहाँले चारै बच्चालाई आपतकालीन उपचार कक्ष (आइसीयु) राखिने बताउनुभयो ।
सामान्यतया, बच्चाको तौल २ किलो ५ सय ग्रामसम्म हुनुपर्ने बताउँदै उहाँले हालसम्म उनीहरुमा खासै ठूलो समस्या नदेखिए पनि ४८ घण्टापछि भने अन्य रोग देखा पर्ने सम्भावना रहेको बताउनुभयो । चार बच्चा जन्माउने आमाको स्वास्थ्य अवस्था राम्रो रहेको स्त्री तथा प्रसूति रोग विषेशज्ञ शान्ती सुवेदीले बताउनुभयो । नोवेल अस्पतालमा चार बच्चाको जन्म भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ ।
दीपाको पहिलो बच्चा दुई वर्षअगाडि दुई महिनाको गर्भ हुँदा खेर गएको बताइएको छ । उनले डा भोला रिजालको रेखदेखमा एक महिनासम्म औषधि खाएपछि पुनः गर्भ रहेको, र एकै पटक चार शिशु जन्मिएको उनको परिवारजनले जनाएका छन् ।

फुटबल लाइभ हेर्न नपाउँदा ४/५ हजारको संख्यामा आएका युवाले विद्युत प्राधिकरण तोडफोड पहिले प्रहरी आए, त्यसपछि बिजुली

२० भदौ । नेपाल र भारतवीच साफ गेम भइरहेका लोडसेडिङका कारण टेलिभिजनमा खेल हेर्न नपाएको झोंकमा कीर्तिपुरका युवा विद्यार्थीहरुले त्यहाँस्थित विद्युत प्राधीकरणको कार्यालयमा तोडफोड गरेका छन् । ४/५ हजारको संख्यामा आएका युवाले कार्यालयमा घेराऊ गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न सकेन र ६ बजे आउने बत्ती साढे ४ बजे नै दिइयो र बल्ल भीड हट्यो ।



फुटबल हेर्न नपाएको झोंकमा लोडसेडिङ नगर्न माग गर्दै प्राधीकरण पुगेका युवाले तोडफोड र ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भीड हटाउन नसकेपछि प्रहरीको अनुरोधमा विद्युत प्राधीकरणले लोडसेडिङ हटाएको थियो । लोडसेडिङ हटेपछि युवाहरु टेलिभिजनमा फुटबल हेर्न घरमा फर्केका थिए । ‘प्रहरीले भीड हटाउन सकेन, पछि बत्ती आएपछि उनीहरु गए, प्राधिकरणका कर्मचारीले अनलाइनखबरसँग भने- ‘हामी साना कर्मचारीले के गर्नु र हजुर, हामी अफिसमा काम गरिरहेका थियौं, एक्कासी आएर झ्याल र टेबलका जम्मै सिसा फुटाए ।’

“प्रचण्डलाई तीनदिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश, सेप्टेप्बर ५”

“प्रचण्डलाई तीनदिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश, सेप्टेप्बर ५” , हेर्नुहोस भिडियोसहित

yasto chala  “प्रचण्डलाई तीनदिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश, सेप्टेप्बर ५”  



पुरा भिडियो हेर्न तल बोक्ष्मा डबल क्लिक गर्नुहोस

Write Down Your Responses

plant

.kumar..........................................

Asian cup 2010

Wednesday, 4 September 2013

नेकपा एमालेका महासचिव

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ओखलढुंगाको दुवै क्षेत्रबाट उठने भएका छन् ।


नेकपा एमाले जिल्ला कमिटि ओखलढुंगाले महासचिव पोखरेललाई सबैको सहमतिमा त्यहाँका दुवै क्षेत्रमा उम्मेदवारी सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्रीय समितिले गरेको निर्णयलाई सामान्य परिवर्तन गर्दै कमिटीले पोखरेललाई सिफारिस गर्ने तय गरेको एमालेले जनाएको छ ।


यस अघिको संविधानसभाको निर्वाचनमा ओखलढुंगाबाट हार व्यहोर्नु परेको थियो । तर यसपाली महासचिव पोखरेललाई उम्मेदवारी दिएर त्यस क्षेत्रबाट निर्वाचनमा जित्ने रणनीति नि