सिरियाका विषयमा विश्व चुप लागेर बस्ने नसक्ने राष्ट्रपति ओबामाको धारणा
स्टकहोम, १९ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्टकहोममा बुधबार सिरियाले आफ्नै जनतामाथि रासायनिक हतियार प्रयोग गरेको विषयमा अन्तर्राष्ट्रिय समुदाय चुप लागेर बस्न नसक्ने बताउनुभएको छ । उहाँले स्विडेनका प्रधानमन्त्री फ्रेडरिक रिनफेल्डसँग यस विषयमा छलफल तथा मूल्याङ्कन भएको र यस्तो बर्बरताको अवस्थामा अन्तर्राष्ट्रिय समुदाय चुप लागेर बस्न नसक्ने बताउनुभयो ।उहाँले यस्तो आक्रमणप्रति प्रतिक्रिया व्यक्त गर्न नसकिए यस प्रकारका आक्रमण थप हुनसक्ने र अन्य मुलुकले पनि यस प्रकारको हतियार प्रयोग गर्नसक्ने बताउनुभयो । राष्ट्रपति ओबामाले इराकमा आफ्नो मुलुकले गरेको गल्तीलाई नदोहोर्याउने बताउनुभयो र संसदले आफूलाई सिरियामाथि आक्रमण गर्न अधिकार प्रदान गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले आफूले इराक युद्धको विरोध गरेको बताउनुभयो ।उहाँले सिरियामा सैनिक हस्तक्षेपका विषयमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलेले आफ्नो हालसम्मको प्रतिक्रियाको स्तरमा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सिरियाको समस्याको विषयमा रसियाले भिन्न उपाय अपनाएको भए यति छिटो गतिमा यति धेरै व्यक्तिको मृत्यु नहुने धारणा व्यक्त गर्नुभयो ।सोही पत्रकार सम्मेलनमा स्विडेनका प्रधानमन्त्री रिनफेल्डले सिरियामा रासायनिक हतियार प्रयोगको सकेसम्म कडा रुपमा भत्र्सना गरिने बताउनुभयो । उहाँले यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताउँदै यसमा जिम्मेवारमाथि कारवाही हुनुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment