Monday, 2 September 2013

निर्देशक मदन घिमिरेको निर्देशनमा तयार भएको चलचित्र

निर्देशक मदन घिमिरेको निर्देशनमा तयार भएको चलचित्र माया गर ल प्रर्दशनको लागि तयार भएको छ । चलचित्र माया गर ल लाइ अभिभावकको निगरानिमा हेर्नु पर्ने भएको छ । आज सोमवार बिहान चलचित्र को सेन्सर गरिए पछि सेन्सर बोर्डले पि जि सर्टिफिकेट थमाएको हो ।



चलचित्र माया गर ल मा कलेज जिवनका ठेट भाषा प्रयोग गरिएको कारण पिजी सर्टिफिकेट पाएको निर्देशक मदन घिमिरेले बताएका छन । चलचित्रमा टिन एजर्स केटाकेटिहरुको संवेदनशिल प्रेम चित्रण गरिएको यो चलचित्र को रिलिज मिति भने तोकिएको छैन ।


चलचित्रलाई मनोज घिमिरे र राम केशव बोगटिले निर्माण गरेका हुन चलचित्रमा भूपेन चन्द , मुकेश ढकाल , सौजन्य सुव्वा , रिचा सिंह ठकुरी , रामकेशर बोगटि , गोपाल नेपाल फिस्टे आदी कलाकारको अभिनय रहेको छ । चलचित्रलाई शिवम अधिकारीले लेखेका हुन भने चलचित्रमा संगीत सुरेश अधिकारीको रहेको छ 

No comments:

Post a Comment