Wednesday, 4 September 2013

नेपाली चलचित्र ‘सुनगाभा’ ओस्कारमा छनोट

नेपाली चलचित्र ‘सुनगाभा’ ओस्कारमा छनोट

sungava-nepali-movie-August-2013समलिंगीको कथालाई पहिलो पटक नेपाली पर्दामा उतारेको चलचित्र ‘सुनगाभा’ले ओस्कार फिल्म फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ। विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिको शुक्रबार बसेको बैठकले ‘सुनगाभा’लाई ओस्कार ८६ औं संस्करणका लागि चयन गरेको हो।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला 
Click Here For Video

‘सुनगाभा’सँगै ‘साँघुरो’, ‘वधशाला’ र ‘शिरिषको फूल’ प्रतिस्पर्धामा सामेल थिए।’सुनगाभा’लाई विमल पौडेल अध्यक्ष तथा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली सदस्य रहेको छनौट समितिले ‘सुनगाभा’लाई ओस्कार पठाउने निर्णय गरेको हो। सुवर्ण थापा निर्देशित ‘सुनगाभा’ ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ। त्यहाँबाट पनि छनौट भएमा सन् २०१४ मार्च २ तारिखमा अमेरिकाको लस एन्जेलसमा हुने अवार्डमा विदेशी भाषी फिल्म पुरस्कारकालागि प्रतिस्पर्धा गर्ने छ।’सुनगाभा’मा सौगात मल्ल, निशा अधिकारी र दिया मास्केले मुख्य भूमिका निर्वाह गरेका छन्। समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको भए पनि यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थिएन। ‘सुनगाभा’भन्दा अगाडी पनि चार नेपाली चलचित्रले ओस्कारमा प्रतिनिधित्व जनाइसकेका छन्। एरिक भ्याली निर्देशित ‘क्याराभान’ ( सन् १९९९), छिरिङ रितार निर्देशित ‘मुकुण्डो’ (सन् २०००), ज्ञानेन्द्र देउजा निर्देशित ‘मुनामदन’ (सन् २००३) र सुभास गजुरेल निर्देशित ‘बसाईं’ले ओस्कार अवार्ड प्रतिस्पर्धा गरिसकेका छन्। तर ‘क्याराभान’बाहेक तीन चलचित्र छनोटको पहिलो चरण बाटै आउट भएका थिए। ग्लामोर नेपाल

No comments:

Post a Comment