मलेसियामा अलपत्र दुई महिलालाई फर्काउन अपिल
चितवन, १६ भदौ । मलेसियामा वैदेशिक रोजगारमा गएका चितवनकी जुनु तामाङ र बारा जिल्लाकी ज्ञानु रानालाई सुरक्षित स्वदेश फिर्ताका लागि पीडितका आफन्तहरूले माग गरेका छन् । आइतबार चितवनमा पत्रकार सम्मेलनमार्फत पीडित पक्षले आफन्तको सुरक्षित स्वदेश फिर्ताका लागि नेपाल सरकार समक्ष माग गरेका हुन् । चितवनकी जुनु तामाङ आठ महिनाअघि साकुरा एसोसिएट्स प्रालिका सञ्चालक राजेश अर्याल र रामचन्द्र अधिकारीमार्फत वैदेशिक रोजगारमा गएका थिइन् ।
विदेशमा रु ४५ हजार मासिक तलब दिने प्रलोभनमा पारी मलेसिया लगे पनि अहिलेसम्म रोजगारी नदिएको र अन्यलाई तलबसमेत नदिएको आफन्तको गुनासो छ । उनीहरूसँगै देशका विभिन्न स्थानका गरी नौ जना गत पुस ५ गते मलेसिया पुगेका थिए ।
कम्पनीले तोकिएको रकम नदिएको र आठ महिना बितिसक्दा तीन महिनाको मात्र तलब दिएको पीडित पक्षको गुनासो छ । कम्पनीलाई तोकिएको रकम माग्दा दुव्र्यवहारसँगै जेल हाल्ने धम्की दिएको पीडित जुनु तामाङका श्रीमान् द्रोण केसीले बताउनुभयो ।
उहाँले म्यानपावरसँग तामाङ र रानालाई स्वदेश फर्काउन माग गरे पनि उनीहरूले आलटाल गरिरहेको केसीको भनाई छ । यही भदौ १० गतेभित्रमा नेपाल फर्काउने सहमति भएको थियो, तर अझै कुन पहल भएको छैन –केसीले भन्नुभयो
No comments:
Post a Comment