मजदुर आन्दोलनका कारण दक्षिण अफ्रिकाका सुनखानी बन्द
जोहानेसबर्ग, १८ भदौ । दक्षिण अफ्रिकामा रहेका सुनखानी मजदुर आन्दोलनका कारण मंगलबार बन्द गरिएको समाचार छ । प्राप्त समाचारमा दक्षिण अफ्रिकाका दशौँ हजार खानी मजदुरले त्यहाँका सबै सुनखानी बन्द गर्ने कार्यक्रम राखेका र सोही अनुरुप आजका लागि ती खानीबाट सुन उत्पादनको काम हुन नसकेको हो । उनीहरुले मजदुरहरुले ज्यालामा बृद्धिका साथै आफ्नो व्यवसायिक एवम् सामाजिक सुरक्षाको मागगर्दै ती खानीमा मङ्गलबार काम नगर्ने घोषणा हिजो नै गरेका थिए ।
मजदुर र ती खानीका मालिकका साथै सरकारी प्रतिनिधिसँग भएको सोमबारको वार्ता बिना निश्कर्ष टुङ्गिएको भन्दै सरकारलाई दबाब दिनका लागि सो आन्दोलन गरिएको दक्षिण अफ्रिकाका मजदुर नेताहरुले जनाएका छन् । दक्षिण अफ्रिकाका एक लाख २० हजार भन्दाबढी मजदुरको प्रतिनिधित्व गर्ने सबै मजदुर सङ्गठनहरुले सो आन्दोलनका लागि समर्थन गरेका छन् ।
दक्षिण अफ्रकाको प्रमुख अर्थतन्त्र सुनखानी रहेको छ । हरेक दिन यस्ता खानीमा उत्पानको काम नहुँदा त्यहाँ लाखौँ डलर बराबरको क्षति पुगेको अधिकारीहरु बताउँछन्
No comments:
Post a Comment