Monday, 2 September 2013

नजिकबाट प्रतिमा गिरी

this is  model of nepaln


Pratima Giri - Kantipur Saptahik

उमेरः २० वर्ष / उचाइः ५ फिट ६ इन्च / निवासः कुसुन्ती, ललितपुर / शिक्षाः स्नातक तह -मानविकी) /रुचिः चलचित्र हेर्ने, खाना बनाउने, संगीत  / लक्ष्यः समाजसेवा 
 
'ब्रेन विद ब्युटी' मा विश्वास राख्ने कुसुन्ती, ललितपुरकी स्थायी बासिन्दा प्रतिमा गिरी साप्ताहिक-जोय ग्ल्याम हन्ट-२०१३ की प्रतियोगी नम्बर २ हुन् । अघिल्लो महिना सम्पन्न भएको मिस नेपाल-२०१३ मा 'टप टेन' सम्म पुग्न सफल प्रतिमा पत्रकारिता विषयकी छात्रा हुन् । विगत दुई वर्षदेखि मोडलिङमा सक्रिय प्रतिमा भिडियो जक्कीसमेत हुन् । भरत सिटौला, सुनील सिंह ठकुरी आदि गायकका म्युजिक भिडियोमा अभिनय गरिसकेकी प्रतिमा एनटिभी प्लसबाट प्रत्येक साँझ प्रसारण हुने कार्यक्रम 'प्ले इट अन' कि भिजे हुन्। 
 
पत्रकारिताकी छात्रा भएकैले प्रतिमाले भविष्यमा सफल मिडिया पर्सन बन्ने लक्ष्य लिएकी छिन् । अध्ययन सम्पन्न भएपछि प्रतिमाले सडक बालबालिकाहरुको उचित हेरचाह गर्ने योजनासमेत  बनाएकी छिन् । वान पिस तथा क्याजुअल वेयरकी पारखी प्रतिमा अभिनयमा पनि पारंगत छिन् । चलचित्रमा अभिनय गर्ने बारेमा गरिएको एउटा जिज्ञासामा भनिन्- 'अभिनय गर्न सक्ने आत्मविश्वास भए पनि अहिले नै चलचित्र क्ष्त्रमा आउने योजना बनाएकी छैन ।' - कृष्ण भट्टराई

No comments:

Post a Comment