Friday, 20 September 2013

कतारमा नेपालीले जिते १ लाख रियाल

कतारमा नेपालीले जिते १ लाख रियाल

कतार  । कतारमा एक नेपाली कामदारले १ लाख रियाल अर्थात करिब  २७ लाख रुपैयाँ को चिठ्ठा जितेका छन् ।
स्थानीय भोडाफोन कम्पनीले ‘वल्र्ड अफ प्राइज’ शीर्षकमा आयोजना गरेको लक्की ड्रमा नेपाली कामदार बलराम स्याङ्त्यानले १ लाख कतारी रियालको पहिलो पुरस्कार जितेका हुन् । जुन ३० बाट सुरु भएको ‘वल्र्ड अफ प्राइज’ कार्यक्रममा सहभागी लाखौं ग्राहकबाट लक्की ड्रमार्फत् कतारको दोहामा बुधबार बितेता घोषणा गरिएको थियो । अन्य बिभिन्न देशका नागरिकले टोयोटा कार, मोबाइल, टेलिभिजन लगायतका पुरस्कार हात पारे । भोडाफोन कतारको दोस्रो ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी हो ।
कतारमा ठूलो धनरासीको पुरस्कार नेपालीले जितको यो दोस्रोपटक हो । यसअघि गत बैशाखमा कतारको दोहा बिमानस्थलको ड्युटी फ्री पसलमा चिठ्ठा किन्दा  कास्कीका डिल्लीराम पराजुलीले १० लाख अमेरिकी डलर (करिव ८ करोड रुपैयाँ) को चिठ्ठा जितेका थिए ।

No comments:

Post a Comment